जनताले देखाएको सद्भाव र प्रतिबद्धताले उत्साहित छु : एमाले उम्मेदवार राई



मिलन नाछिरिङ,सोलुखुम्बु।नेकपा एमालेका केन्द्रीय सदस्य एबम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राईले आफू निर्बाचित भए हुँगा खोलामा मोटरेबल पुल निर्माणलाई पहिलो प्राथमिकता दिने बताउनुभएको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनका सन्दर्भमा सोताङ गाउँपालिकाको वडा नं-४ नाम्लुङमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा राईले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।वहाँले निर्बाचन प्रचारका क्रममा जहाँ पुगेपनि स्थानीयले देखाउनु भएको सद्भाव र प्रतिबद्धताले आफू उत्साहित रहेको बताउनुभयो।

बीसौं बर्ष जनप्रतिनिधि भइ सकेका आफ्ना प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार बलबहादुर केसीले जिल्लाको बिकासका लागि उल्लेख्य केहि नगरेको आरोप लगाउंदै राईले भने,-‘अब सोलुखुम्बुमा एमालेले इतिहास रच्दैछ,त्यसपछि कोशीपारिलाई प्राथमिकतामा राखेर हामी बिकासका काम अघि बढाउनेछौं।’

राईले ०५१ सालमा बनेको मनमोहन अधिकारी नेतृत्वको एमाले सरकारले गाउँ गाउँमा बजेट बिनियोजन सुरु गरेको स्मरण गर्दै अहिले स्थानीयस्तरमा भएको बिकास त्यसैको देन भएको बताउनुभयो।’त्यतिबेला थोरै रकम थियो,अहिले त्यसको भोलम बढेको छ,जसका कारण मोटरबाटोको ट्र्याक ओपनमात्रै भए पनि गर्न सकिएको छ वहाँले भन्नुभयो-‘देश बिकास र समृद्धिका लागि एमालेलाई जिताउनु पर्छ भन्ने यो ज्वलन्त उदाहरण हो।’ वहाँले एमालेको सुर्य चन्हमा बढी भन्दा बढी भोट खसाउने गरि क्रियाशील हुन कार्यकर्तालाई निर्देशन समेत दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्