सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न
काठमाडौं।निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गरिएको जनाएको छ ।

बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो।
निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै मतपत्र छपाइ तथा ढुवानी सम्पन्न गरेको निर्बाचन आयोगले जनाएको छ।

