थापाको निधनपछि मोरङमा लिम्बुलाई दियो कांग्रेसले टिकट
विराटनगर।मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेश सभाका लागि नेपाली कांग्रेसले मानबहादुर लिम्बूलाई टिकट दिएको छ।

नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति समेत रहेका लिम्बू लाई सो क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि समय दिएको थियो।
नेपाली कांग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरेका छन्। लिम्बूले टिकट पाइसकेको बताउँदै उनले लिम्बूको मनोनयनको तयारी भइरहेको जानकारी दिए। थापाको हिजो बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो।

