मंसिर ४ को निर्वाचन निर्वाचन लोकतन्त्रबादी र लोकतन्त्रविरोधी बीचको लडाइँ : प्रचण्ड
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन लोकतन्त्रबादी र लोकतन्त्रविरोधी बीचको लडाइँ भएको बताएका छन् ।

बुधबार दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनकोचुनावीसभालाई बुधबार सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। ‘संविधानको रक्षा गर्ने र उल्ट्याउनेबीच संग्राम हुँदै छ ४ मंसिरमा। एकातिर संविधान जोगाउने र अर्कातिर संविधान विरोधी गठबन्धन छ। संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन ओलीको नेतृत्वमा छ।
ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि हिजो युद्धमा भिडेको कांग्रेससँग मिल्नुपरेको उनले दाबी उनको थियो ।उनले भने, ‘हिजो युद्धमा माओवादी र कांग्रेस आमनेसामने थिए। केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो तर संविधान मास्न ढुकेर बसेका रहेछन्। जनताका अधिकार खोस्न बसेका रहेछन्।’ ओलीलाई मेरो चुनौती तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन् भन्ने हो,’ उनले भने। र लोकतन्त्रविरोधी बीचको लडाइँ

