विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश,डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु
काठमाडौं।सुदरपश्चिम र कणालीका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुश भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको बताए ।
भूकम्प राति ९ बजेर ७ मिनेटमा गएको थियो । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।

