लुक्लामा एमालेले गर्‍यो निर्बाचन लक्षित कार्यक्रम, माओवादी केन्द्रका जिल्ला नेताले गरे पार्टी प्रवेश



सोलुखुम्बु।नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य लाक्पा तामाङ्ग सो पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीद्वारा लुक्लामा सोमबार आयोजित निर्बाचन लक्षित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्र जिल्ला सदस्य तामाङसहित गाउँपालिका कमिटी सदस्य काजी रानामगर नेकपा एमालेमा प्रवेश गरेका हुन्।

गाउँपालिका कमिटी अध्यक्ष लाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नव प्रबेशीहरुलाई प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एबम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई,विशिष्ट अतिथि राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा तथा जिल्ला प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारी लगायतका नेताहरुले स्वागत गरेका थिए।सो कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,सचिब आशकुमार राई ‘शिशिर’,उपसचिव मिङ्माछिरी शेर्पा,सचिवालय सदस्य कल्पना राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो।

जिल्ला कमिटी सचिवालय सदस्य टंक कालिकोटेले सञ्चालन गरेको सो कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य उम्मेदवार राईले ०७४ सालको स्थानीय निर्बाचनमा एमाले जनप्रतिनिधि निर्बाचित भएपछि गाउँपालिकामा बिकास निर्माणका कामले गति लिएको चर्चा गर्दै बिकासको यस्तै लहर जिल्लाभर चलाउन आगामी मंसिर ४ गतेको निर्बाचनमा एमालेले जित्नुको विकल्प नरहेको बताउनुभयो।

विशिष्ट अतिथि राष्ट्रियसभा सदस्य शेर्पाले संघ,प्रदेश र स्थानीय तहको समन्वयमा खुम्बुपासाङ ल्हामु गाउँपालिकालाई बिकासको उदाहरणीय मोडल बनाउन सके यसले पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने बताउनुभयो ।

कार्यक्रममा अर्का विशिष्ट अतिथि प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार राजभण्डारीले अघिल्लो कार्यकालमा खुम्बु पासाङल्हामू गाउँपालिकाको बिकासमा गरेको योगदानको चर्चा गर्दै आफू निर्बाचित भएको खण्डमा सात महिना भित्र सुर्केसम्म मोटरबाटो पुर्‍याउने प्रतिबद्धता पुन दोहोर्‍याउनुभयो।

जिल्ला कमिटी अध्यक्ष बास्तोला,सचिब राई र सचिवालय सदस्य राईले मंसिर ४ गते हुने निर्बाचनमा संघ र प्रदेशतर्फका सूर्यध्वजाबाहक पार्टी उम्मेदवारहरुलाई जिताउने गरि चुनावी अभियानलाई तीब्रता दिन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए।

एमालेले आइतबार सोही पालिकाको वडा नं १ मा चुनावी अभियान सञ्चालन गरेको थियो।अभियानका क्रममा आयोजित कार्यक्रमलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार राई र प्रदेश सभा सदस्य उम्मेदवार राजभण्डारी लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो।नेकपा एमाले वडा नं १ कमिटीका अध्यक्ष पेम्बादोर्जी शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको गाउँपालिका कमिटी अध्यक्ष शेर्पाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्