राष्ट्रपति भण्डारीद्वारा खुम्बु पासाङल्हामुमा हिमालयन शेर्पा अस्पतालको उद्घाटन



सोलुखुम्बु। राष्ट्रपति विद्यादेवी भण्डारीले खुम्बु पासाङल्हामू गाउँपालिका ३ फाक्दिङमा १५ शैय्याको हिमालयन शेर्पा अस्पतालको उद्घाटन गरेकी छन् ।

हिमालयन शेर्पा फाउण्डेशनले २० करोडको लगानीमा निर्माण सम्पन्न गरेको सो अस्पतालको आइतबार उद्घाटन गरिएको हो। ओपिडी, ल्याब, प्रसुती, माउण्टेन मेडिसिन सेवा सुविधा रहेको अस्पतालको निर्माण कार्य सन् २०१७ देखि निशुरु गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।

अस्पतालको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अस्पतालको स्थापनासंगै खुम्बुबासीले स्वास्थ्य सेवा तत्काल नपाएर अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य हुने बताउंदै स्थानीयहरु मात्रै नभई सगरमाथा घुम्न आउने पर्यटकहरुका लागि पनि स्वास्थ्य सेवा सहज हुने बिश्वास व्यक्त गरिन्।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले भौगोलिक बिकटता भएको उक्त ठाँउमा अस्पतालले फाक्दिङ बासी तथा अन्य ठाँउका नागरिकहरुलाई पनि स्वास्थ्य सेवामा सहज हुने दाबी समेत गर्नुभयो ।

कर्यक्रममा पालिका अध्यक्ष मिङमाछिरी शेर्पाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रबाह गर्नको लागि स्थानिय सरकार संधै प्रतिबद्ध रहेको बताए।

त्यस्तै, हिमालयन फाउण्डेशनका अध्यक्ष फुर्वा ग्याल्जे शेर्पाले स्थानीय नागरिकको समस्या र मागको आधारमा अस्पतालको निर्माण र सञ्चालन भएको जानकारी दिए। file foto

प्रतिक्रिया दिनुहोस्