कांग्रेसले दियो प्रतिनिधिसभा सदस्यलाई ४ लाख र प्रदेशसभा उम्मेदवारलाई २ लाख चुनाव खर्च



काठमाडौं।मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्बाचनमा आफ्नो पार्टीबाट उम्मेदवार बनेका नेताहरुलाई नेपाली कांग्रेसले निर्बाचन खर्च उपलब्ध गराएको छ।मंसिर ४ मा हुने चुनावका लागि कांग्रेसबाट प्रतिनिधि सभातर्फ ९१ र प्रदेश सभातर्फ एक सय ७९ जनाले उम्मेदवारी दिएका छन्।टिकट वितरण गर्दा नै कांग्रेसले उम्मेदवारलाई पैसा दिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार प्रतिनिधि सभा उम्मेदवारका लागि चार लाख र प्रदेश सभातर्फका उम्मेदवारलाई दुई लाख रूपैयाँका दरले चुनावी खर्च उपलब्ध गराइएको हो।‘टिकटसँगै उम्मेदवारलाई चुनवी खर्च दिएका हौं,’ उनले भने, ‘पार्टीमा क्रियाशील सदस्यता, नवीकरण तथा लेबीलगायतबाट उठेको पैसा उम्मेदवारलाई चुनावमा खर्च गर्न दिइएको हो।’

प्रतिक्रिया दिनुहोस्