आज यमद्वितीया अर्थात भाईटिका मनाईदै, टीकाको साईत ११ :३७ मा



काठमाडौं।तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । टीकाको साईत आज ११ : ४५ रहेको पण्चाङ निर्णायक समितिले जनाएको छ।आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

भाइटीका लगाउन दिदी-बहिनी तथा दाजुभाइ नहुनेहरूका लागि काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ला रहने भएको छ ।

बर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने उक्त मन्दिर आज पनि खुल्ने भएको हो ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा तथा दर्शन गरी टीका लगाउने गर्दछन् ।

काठमाडौँ महानगरपालिकाका अनुसार बिहीबार बिहानैदेखि उक्त मन्दिर भक्तजनका लागि खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्