दीपावलिको अवसरमा मध्यपुर ठिमीको भुइचम्पा टोलका घरघरमा फहर्याईयो राष्ट्रिय झण्डा
भक्तपुर।मध्यपुर ठिमी नगरपालिकास्थित भुईचम्पादेवी टोल बिकास संस्थाले दिपावलीको अवसरमा सबै घरमा राष्ट्रिय झण्डा फहर्याएको छ।

दीपावलीको अवसर पारेर सो संस्थाले आफ्नो टोलभित्रका सबै घरमा राष्ट्रिय झण्डा राखेको सदस्य दीपक कार्कीले बताए। संस्थाका सदस्यहरुले आफु आफु झण्डा किनेर राख्दा सानो ठुलो हुने भएकाले एकरुपता कायम गर्न संस्थाले नै खरिद गरेर सबैलाई वितरण गरेको संस्थाका सदस्य दीपक कार्कीले बताए। लक्ष्मी पुजाको दिन आयोजित शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेर सबैलाई झण्डा वितरण गरिएको थियो ।
२०७२ सालमा गठित यस संस्थाले विभिन्न समयमा टोल सरसफाई, सरसहयोग, जनचेतनामुलक कार्यक्रम, खेलकुद तथा संस्कृतिक, सामाजिक तथा रचनात्मक कामहरु गर्दै आएको छ ।
शरद ऋतुमा पर्ने तिहार पर्व फुलै फुलको पर्व, रङ्गिचङ्गि र झिलिमिली बत्तीहरुको पर्व भएकोले सबै घरहरु फुल र बत्तिले सजिसजाउ हुने भएकाले घरको धुरीमा राष्ट्रिय झण्डा राख्दा टोल सुन्दर देखिने तथा राष्ट्र प्रेम झल्किने भएको हुनाले संस्थाले सबै घरमा राष्ट्रिय झन्डा राखेको संस्थाले जनाएको छ।

