सिन्धुलीमा एमाले उम्मेदवार थापाको पक्षमा जनलहर



सिन्धुली।मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेकोतर्फबाट सिन्धुली क्षेत्र न २ मा संघीय संसद प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार मनोजजंग थापाको पक्षमा व्यापक जनलहर देखिएको छ।

बि.स.२०४० सालमा कमला माबि ढुङ्रेबासमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुबाट बामपन्थी राजनिती यात्रा शुरु गरेका थापा अखिल भारत नेपाल बिद्यार्थी संघको महासचिव हुँदै लोकतान्त्रिक आन्दोलनलाई पुर्णता दिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन जुटाउन अन्तर्राष्ट्रिय बिभागको जिम्मेवारीमा समेत कृयाशिल हुँदै,हाल नेकपा एमालेको केन्द्रिय सद्स्य तथा बुद्धिजीवी परिषदका इन्चार्ज थापा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा दखल राख्ने सकृय राजनितीकर्मी हुन।

बर्गीय समाज र राज्यका मूख्य मुद्दामा पार्टीलाई राय सल्लाह सुझाव दिने थापाले नेपालको माओवादी आन्दोलन र चिनिया कम्युनिस्ट पार्टी बिच सहजकर्ताको रुपमा कार्य गर्नु भएको थियो भने शोषित पीडित बर्गको मुक्तिका लागि माओवादीले गरेको क्रान्ति सिमित ब्यक्ति र नेतृत्वका कारण स्खलित भएको र माओवादी आन्दोलन पार्टी बन्न नसकेको निष्कर्ष सहित थापा राष्ट्र,राष्ट्रियता र अखण्डताको पक्षमा सतिसाल झै खडा भई देश र जनताको समृद्ध र खुशीका लागि एमालेको राजनीतिमा सक्रिय रहनु भयो।फलस्वरूप “समृद्ध सिन्धुली,सुखी सिन्धुली बासी ” भन्ने मूल अवधारणा सहित एमालेको तर्फबाट सिन्धुली क्षेत्र न २ प्रतिनिधि सभा सद्स्यमा उम्मेदवारी दिनु भएको छ।

पानी,पर्यटन,पूर्वाधार,परिश्रम र परिवारनै सामाजिक रुपान्तरणको मूख्य आधार रहेको र यसैले समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण भूमिका निर्माण गरि समाजवादको मार्ग प्रस्स्त गर्ने सामाजिक दर्शन तय गर्दछ भन्ने दर्शनशास्त्रमा दख्खल राख्ने उम्मेदवार थापाको बौद्धिकताबाट प्रभावित सिन्धुलीबासीहरु वास्तवमै खोजे,रोजे जस्तो उम्मेदवार पाएकोमा निकै हर्षित छन।जिल्लाले पहिलो पटक राजनीतिमा समर्पित,राजनीति प्रतिको दक्ष उम्मेदवार गुमाउन नचाहने बताउँछन् जिल्लाबासी चलचित्र निर्देशक बिश्वदीप घिमिरे ।
चौबीसै घण्टा जिल्लामा घुमिरहने,सानातिना कार्यमै समय गुजार्ने नेताले झिनामसिना कार्य बाहेक समग्र जिल्लाको बिकासका निमित्त राष्ट्रिय राजनीतिमा प्रभाब राख्ने ल्यागत राख्दैन, जस्का कारण बिकास बजेट,परियोजना तर्जुमा,शिक्षा,स्वास्थ्य,खानेपानी जस्ता जनताका यावत समस्या ज्यूँकात्युँ रहन्छ ।जिल्लाको बिकासमा टेवा पुराउनका निमित्त राष्ट्रिय स्तरमा पहुँच, क्षमता र दक्षता भएको नेता नै अबको विकल्प भएको बताउंदै घिमिरेले उनको बिजय सुनिश्चित रहेको बताए।

प्रतिक्रिया दिनुहोस्