तिहारमा पटका लगायत बिष्फोटक पदार्थ बिक्रि बितरण नगर्न सोलु प्रशासनको आग्रह



सोलुखुम्बु।जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बेलुकी ९ बजे पछि देउसी नखेल्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी अनिल खनालले आइतबार एक सूचना जारी गर्दै तिहारको बेला खेलिनेने देउसी भैलो जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु राती ९ बजेभन्दा पछाडीको समयमा नगर्न आग्रह गरेका हुन।सूचनामा पटाका, लगायतका विस्फोटक पदार्थ बिक्री वितरण नगर्न, बेलुकी ९ बजेपछि देउसी भैलो नखेल्न आग्रह गरिएको छ ।

यस्तै सडक अवरोध गर्ने जस्ता असामाजिक गतिविधिहरु नगर्नका पनि सचेत गराउँदै चाडपर्वका बेला अमर्यादित गतिविधिहरु नगर्न नगराउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनद्धारा जारी सूचनाको अवज्ञा गरी कानून विपरितका कार्य गरे वा गराएमा कानून अनुसार कारबाही हुने समेत प्रमुख जिल्ला अधिकारी खनालद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्