एमाले सम्पर्क मञ्चले कार्तिक १२ गते काठमाडौंमा चियापान तथा भेटघाट कार्यक्रम आयोजना गर्ने



काठमाडौं।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चले यही कार्तिक १२ गते कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ।

सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोलाको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले सो भेलाको आयोजना गर्ने निर्णय गरेको हो।कार्यक्रममा आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्बाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई तथा सोलुखुम्बुको प्रदेश निर्बाचन क्षेत्र ‘क’ का उम्मेदवार उत्तमकुमार बस्नेत र ‘ख’ का उम्मेदवार बुद्धिकुमार राजभण्डारी उपस्थिति रहने बताईएको छ।

सोलुखुम्बुबाट काठमाडौं आई विभिन्न पेशा ब्यबसायमा संलग्न सोलुखुम्बुबासीहरुबीच उम्मेदवारहरुको भेटघाट तथा अन्तरक्रियाका लागि काठमाडौको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरिएको सम्पर्क मञ्चका अध्यक्ष बास्तोलाले जानकारी दिए।

सो बैठकले निर्बाचनलाई लक्षित अध्यक्ष बास्तोलाकै अध्यक्षतामा निर्बाचन प्रचार प्रसार र आर्थिक ब्यबस्थापन समिति समेत गठन गरेको बताईएको छ। निर्बाचन प्रचार प्रसार समिति १० १ र आर्थिक ब्यबस्थापन समिति २५ सदस्यीय रहेको सम्पर्क मञ्चले जनाएको छ।

जिल्लाका आठवटै स्थानीय तहमा पालिकास्तरीय सम्पर्क मञ्चको मातहत निर्बाचन प्रचार प्रसार समिति गठन समेत बैठकले गरेको छ।२५ सदस्यीय सदस्य रहेको सो प्रचार प्रसार समितिमा सोलुदुधकुण्ड नगरपालिकाको संयोजकमा केशर श्रेष्ठ,नेचासल्यान संयोजकमा गिता ढकाल कटेल,थुलुङ दुधकोशी संयोजकमा नवराज बस्नेत संयोजक चयन भएको जानकारी बास्तोलाले दिए।

त्यसैगरि,खुम्बु पासाङल्हामुमा फुर्ग्याल्जेन शेर्पा,सोताङमा खम्ब खत्री,महाकुलुङमा सृष्टि कुलुङ,माप्यदुधकोशीमा तिलक राई,लिखुपिकेमा डिबी कार्की समिति को संयोजक छन् ।

प्रतिक्रिया दिनुहोस्