सोलुखुम्बु : ३ महिनामा दुई हजार सात सय ८३ जनाले दर्ता गरे राष्ट्रिय परिचय पत्रका लागि विवरण
सोलुखुम्ब । सोलुखुम्बुमा चालु आर्थिक वर्षको ३ महिनामा दुई हजार सात सय ८३ जनाले राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गराएका छन । साउन महिनादेखि असोज ३१ गतेसम्म महिला र पुरुष गरि दुई हजार सात सय ८३ जनाले राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गराएका हुन । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार तीन महिनामा परिचय पत्रको लागि विवरण दर्ता गराउने महिलाको संख्या एक हजार ४४ रहेको छ भने एक हजार सात सय ३९ जना पुरुष रहेका छन ।

साउन महिनामा राष्ट्रिय परिचय पत्रको लागि विवरण दर्ता गराउनेको संख्या एक हजार एक सय ४५ जना रहेको छ । जसमा महिलाको संख्या ४१४ जना रहेको छ भने पुरुष ७३१ जना रहेका छन । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सोलुखुम्बुको तथ्यांक अनुसार भदौमा महिनामा आठ सय ५९ जनाले दर्ता गराएका छन जसमा ३२७ जना महिला रहेका छन भने ५३२ जना पुरुष रहेका छन । अशोजमा ७७९ जनाले विवरण दर्ता गराएकोमा महिलाको संख्या ३०३ जना रहेको छ भने पुरुषको संख्या ४७६ जना रहेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले जानकारी दिनुभयो ।
तीन महिनाको तथ्यांकलाई तुलना गर्दा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सबैभन्दा धेरैले विवरण दर्ता गरेको पाइएको छ भने महिलाको तुलनामा ६९५ जना बढि पुरुषले विवरण दर्ता गराएका छन । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग सोलुखुम्बुको तथ्यांक अनुसार विवरण दर्ता गर्ने महिलाको संख्या एक हजार ४४ रहेको छ भने एक हजार सात सय ३९ जना पुरुष रहेका छन ।

