निर्बाचन आयोगले सोध्यो नेकपा ‘एस’ का अध्यक्ष नेपाललाई २४ घण्टे स्पष्टीकरण



काठमाडौं।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ ।

रौतहट जिल्लामा आयोजित कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई प्रलोभनमा पार्ने गरी सम्बोधन गरेको उजुरी परेपछि अध्यक्ष नेपाललाई २४ घण्टाभित्र आफू उम्मेदवार रहेको जिल्ला निर्वाचनको अधिकृतको कार्यालयमा आफैं उपस्थिति भई वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता उलंघन गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धानका लागि स्पष्टीकरण सोधिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए । आयोगले नेपालमाथि सोधिएको स्पष्टीकरणलाई कारबाही भन्न नमिल्ने पनि स्पष्ट पारे ।

आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि त्यसमाथि अनुसन्धान भएको र त्यो पुष्टि भए मात्रै कारबाही हुने निर्वाचन आयुक्त भण्डारीले बताए । उनले भने, ‘निर्वाचनको सन्दर्भमा दलीय प्रतिस्पर्धा र स्वतन्त्र रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहनुहुने सबैको समान हैसियत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्