निर्बाचन लक्षित कार्यक्रम सुरु गर्ने एमाले सोलुदुधकुण्ड नगर कमिटीको निर्णय

सोलुखुम्बु।नेकपा एमाले सोलुदुधकुण्ड नगर कमिटीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा पार्टीका उम्मेदवारहरुलाई बिजयी गराउन निर्बाचन लक्षित कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय सदस्य एबम् जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मानबीर राई र प्रदेश निर्बाचन क्षेत्र ‘ख’ का उम्मेदवार बुद्धि कुमार राजभण्डारीको उपस्थितिमा
पार्टी कार्यालय सल्लेरीमा बिहिवार बसेको बैठकले सोलुखुम्बुका नागरिकको सपना पूरा गर्न नेकपा एमालेको विकल्प नभएको निष्कर्ष निकाल्दै निर्बाचन लक्षित कार्यक्रमसहित सक्रिय हुने निर्णय गरेको हो। नगर कमिटी अध्यक्ष मिङ्माछिरी शेर्पाको अध्यक्षतामा बसेको निर्वाचन लक्षित नगर कमिटी बैठकले आफ्नो मातहतका कमिटी तथा कार्यकर्तालाई सक्रिय बनाएर नेकपा एमालेको सरकार रहँदा भएका विकासका कार्यलाई नागरिक समक्ष पुर्याउने निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्नुहुँदै नेकपा एमालेका केन्द्रीय सदस्य एवं सोलुखुम्बु जिल्लाकातर्फबाट प्रत्यक्ष तर्फका उम्मेद्वार राईले जनताको दुःख सुखको साथी नेकपा एमाले मात्र भएको दावी गर्नुभयो । राईले अझै पनि सोलुखुम्बुमा बिकासले गति लिन नसकेको जिकिर गर्दै नेकपा एमाले जितेमा समृद्ध सोलुखुम्बु बन्नेमा कुनै दुइ मत नहुने बताउनुभयो ।
यस्तै नेकपा एमाले १ नं. प्रदेशका निवर्तमान प्रमुख सचेतकसमेत रहेका प्रदेश सभातर्फ निर्वाचन क्षेत्र ‘ख’का उमेद्वार राजभण्डारीले एमालेको सरकारले गरेको विकासका कार्यहरु अग्रपंङ्तिमा रहेको दावी गर्नुभएको छ । ५ वर्षको आफनो कार्यकाल जिल्लाको विकासका लागि सुनौलो समय रहेको वहाँको भनाई थियो ।
उहाँले आफुले सुरु गरेका केही योजना तथा विकासका कार्यहरुलाई पूर्णता दिनका लागि आफनो पुनः उमेद्धार रहेको बताउदै जनताले ५ वर्षको कामलाई नियालेर आफुलाई जिताउनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो ।
यसैबीच सोही नगर कमिटीको बैठकले नगर कमिटी बिस्तार समेत गरेको छ । बैठकले ७५ सदस्यीय नगर कमिटीलाई बिस्तार गर्दै ९० सदस्यीय बनाइएको नगर अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
बैठकमा नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला,उपाध्यक्ष हर्क नाछिरिङ राई, जिल्ला लेखा समिति संयोजक रामकाजी श्रेष्ठ,नगर इन्चार्ज वीर उदास श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

