बझाङमा भयानक दुर्घटना : ७ जनाको मृत्यु,१६ घाइते



बझाङ।बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना भएको छ ।दुर्घटनामा ७ जनाको मृत्यु र १६ जना घाइते भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मृतक तथा घाइते हुनेअधिकांश यात्रुहरु जिल्लाको प्रशिद्ध सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू रहेका छन्।

जीप दुर्घटना मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का वर्ष १३ की सम्झना खड्का, वर्ष १५ का रोशन खड्का, वर्ष १६ का प्रचण्ड खड्का, वर्ष २८ की वसन्ती धामी, वर्ष ३७ का वीरेन्द्र अधिकारी र ७ महिनाकी बालिका रहेकी छन् । यस्तै कञ्चनपुरको शुक्लाफाँटा ७ का झरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

घाइतेहरूमा मष्टा गाउँपालिका– २ का अमृत खड्का, रोशनी धामी, सिंहवीर बुढा, राजेश रोकाया, सिर्जन सिंह, अम्बिका सिंह, सिन्कीदेवी भण्डारी, कमला कठायत, निन्दा ओखेडा रहेका छन् । यस्तै मष्टा १ का सन्तोष सिंह, ईश्वर ओखेडा, अनिस ओखेडा, अंकित खड्का, वीरबहादुर खड्का, सिम्रन सिंह र हेमन्ती सिंह पनि घाइते भएका छन् ।

क्षमता भन्दा धेरै यात्रुहरु बोक्दा जीप दुर्घटना हुन पुगेको जनाइएको छ । दुर्घटनामा गम्भीर ५ जना घाइतेहरूलाई नेपालगञ्ज रिफर गरेको र बाँकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्