गजल



साँग्रीस मानन्धर मोती

भेट्नै मन छ भने उषाको लालि बोकेर आउ
दिनै मन छ भने पुष्पको डालि बोकेर आउ

म पनि खुसि दिउँला तिमीलाइ सधैंभरिको
लिनै मन छ भने खुसिको थाली बोकेर आउ

भावगँगामा सयर गर्नु नै छ प्रेमिल बन्दै पनि
लानु नै छ भने प्रीय स्पर्शका तालि बोकेर आउ

पबित्रमा कसि हुदैन आत्मिक बिश्वास हुन्छ
भन्दिन मैले देखाउनलाइ काली बोकेर आउ

म खुसी छु तिमि पनि सदा प्रफुल्लित रहनु
मै दिउँला प्रेम तिमि दिल खाली बोकेर आउ।

  •                    क्याक्मी हटिया हरिनास ६ स्याङ्जा
प्रतिक्रिया दिनुहोस्