गठबन्धन ब्यक्तिका लागि नभई देश र जनताको आवश्यकता : कांग्रेस उम्मेदवार केसी
सोलुखुम्बु। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गठबन्धनबाट सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बलबहादुर केसीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा भएको पांचदलीय गठबन्धन व्यक्तिका लागि नभई देश र जनतालाई लागि भएको दावी गरेका छन् ।

तरुण दल सोलु दुधकुण्ड नगर कार्य समितिद्वारा मंगलबार आयोजित चियापान तथा तरुण जागरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्बमन्त्रीसमेत रहेका केसीले सो कुरा बताएका हुन्।उनले भने-‘त्यही कारण कांग्रेसीले हँसिया हथौडा र माओवादीले पनि रुखमा भोट हाल्न हिच्किचाउँनु हुंदैन।’ उनले आफुले पनि हँसिया हथौडामा भोट हाल्ने बताए।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे काग्रेस नेता तथा पुर्व जिल्ला सभापति बिनोद कुमार बस्नेतले मंसिर ४ गते गठबन्धनका उम्मेदवारलाई मतदान गर्न जिल्लावासीलाई आग्रह गरे ।
कार्यक्रममा तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झा, विद्यार्थी नेता अश्बिन बाबु थापा, महिला नेतृ एकाकुमारी कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।

