बागी उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले गर्‍यो पार्टीबाट निष्कासन



काठमाडौं।नेकपा माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दिएका पार्टीका नेता कार्यकर्तालाई निष्काशनको घोषणा गरेको छ ।

पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले पार्टीका आधिकारिक उम्मेदवार एवम् गठबन्धन दल बीच सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा बागी दिएर फिर्ता नलिएकाहरुलाई निष्काशनको निर्णय लिइएको बताए ।

तोकिएको मिति र समयभित्र उम्मेदवारी फिर्ता नलिएका त्यस्ता बागी उम्मेदवारसहित तिनका प्रस्तावक र समर्थकलाई समेत सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारबाही गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्