खुम्बु पासाङ्ल्हामु : मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई फूटबल प्रतियोगिताको उपाधी



खगिन्द्रराज बास्तोला,काठमाडौं।फ्यूचर स्टार क्लबको आयोजनामा भएको जिल्लाब्यापी खुल्ला पुरुष फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी सल्लेरी उपाधी हात पार्न सफल भएको छ।

शनिबार सम्पन्न फाइनल खेलमा थुलुङ दुधकोशी गाउँपालिकालाई
३-१ गोलको अन्तरले पछि पार्दै मदन भण्डारी एकेडेमी सल्लेरीले सो उपाधी हात पारेको हो।तीन दिनसम्म चलेको उक्त प्रतियोगितामा सहभागी १२ टीम सहभागी थिए।

फाईनल खेलको पहिलो हाफमा थुलुङ्दुधकोशिले १ गोलले अग्रता कायम गरेकोमा दोश्रो हाफमा प्रति उत्तर सहित ३ गोल गर्दै विजयीको ट्रफी उचालेको हो ।

कार्यक्रम क्लबका अध्यक्ष भलकाजी मगरको अध्यक्षता र खुम्बु पासाङ्ल्हामु गाउँपालिका-१ का वडा अध्यक्ष फुनुरु शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको भएको थियो । बिजेता टिमले नगद रु. ४० हजारका साथमा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

खेलमा उच्च अङ्क ( High Socre) प्राप्त गर्ने थुलुङ दुधकोशिको थिरराज राई, उत्कृष्ट खेलाडी ( Best Player) को उपाधी सम्पुर्ण श्रेष्ठ र उत्कृष्ट गोल रक्षकमा ( Best keeper ) फ्युचर स्टार युथ क्लबका रबिन आले घोषित भएका थिए । घोषित खेलाडीहरुले ट्रफी र प्रमाणपत्र हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्