नेचासल्यान एमालेले गठन गर्‍यो ३०१ सदस्यीय निर्बाचन परिचालन समिति,’एक बुथ,दस युथ’तयार गर्ने



डिल्ली शर्मा,सोलुखुम्बु।नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटीको सातौँ पुर्ण बैठक सम्पन्न भएको छ ।

गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि पालिकास्तरीय निर्बाचन परिचालन समिति गठन गर्नुका साथै निर्बाचन लक्षित विभिन्न निर्णय गरिएको सचिब ओम प्रसाद बास्तोलाले जानकारी दिए।

बास्तोलाका अनुसार बैठकले पालिका कमिटीका इन्चार्ज धर्मध्वज खत्रीको संयोजकत्वमा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। परिचालन कमिटीमा भूगोलका जिल्ला कमिटी सदस्यहरु, गाउपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकार परिषदका अध्यक्ष तथा सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु, गाउपालिका भित्रका जनबर्गीय सङ्गठनका पदाधिकारीहरु रहेका छन् ।

जिल्ला तथा प्रदेश निर्वाचन क्षेत्र निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यतालिका प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गर्दै बैठकले गाउँपालिकाभित्र वडागत निर्वाचन अभियानको कार्यतालिका तय गरेको उनले बताए । बैठकले सम्पूर्ण वडा कमिटी तथा जनबर्गीय सङ्गठनका बैठक आगामी कार्तिक ५ गते भित्र सम्पन्न गर्न निर्देशन दिने निर्णय समेत गरेको छ ।

निर्वाचनलाइ मर्यादित र भयरहित बनाउन मतदाता तथा मतदान स्थलको सुरक्षा गर्न एक बुथ १० युथ तयार गर्ने निर्णय पनि बैठकले गरेको जनाईएको छ।त्यसको जिम्मेवारी बैठकले रोसन कटेलले दिने निर्णय गर्नुका साथै प्रचार अभियानलाइ ब्यबस्थित गर्न प्रचार बिभागलाइ कृयाशील गराउने र मतदानको अबस्थामा मत खेर नजाओस् र गलत ढंगले मतदान नहोस् भन्ने हेतुले मतदाता शिक्षालाइ हरेक मतदाताबीच पुर्‍याउने निर्णय गरेको सचिब बास्तोलाले बताए।

प्रतिक्रिया दिनुहोस्