देउवाले हटाए जसपाका चार मन्त्री,कार्यभार आफैं सम्हाल्ने

काठमाडौं।सत्तारुढ गठबन्धनबाट बाहिरिए बिपक्षी दल नेकपा एमालेसंग चुनावी गठबन्धन गरेपछि जनता समाजबादी पार्टीसंग चिढिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सो पार्टीबाट सरकारमा सहभागी चार नेतालाई पदमुक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले जसपाको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ‚ भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई‚ वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई पदमुक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।

