अष्ट्रेलियाको सांगीतिक कार्यक्रम सकेर स्वदेश फर्किए गायक डोटेल
काठमाडौं २६ असोज । सुगम संगीतमा आधारित मेलोडियस गीत, गजल गायनमा प्रिथक पहिचान बनाएका गायक रुपक डोटल यतिबेला देश बाहिरको सांगीतिक कार्यक्रममा ब्यस्त छन् ।
ईदु कनेक्स कन्सलटेन्सि र माईग्रेशन एण्ड माई केयर नर्सिङ एजेन्सिले हालै अष्ट्रेलियाको सिड्नी स्थित क्लब योर्कमा आयोजित कार्यक्रममा उनले बनकी चरी, सानुमायाँ, लभगुरु लगायत दर्जन आफ्ना हिट गीत प्रस्तुत गरेर दर्शकहरुलाई नचाएनन् मात्र आफुसंगै गाउन समेत उत्साहित गरेका थिए । आगे आगे तोपैको गोला गीतका गायक प्रदेश लिम्बुले पनि कार्यक्रममा आफ्ना चर्चित गीतहरु गाएर भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।

ग्रानभिल कम्युनिटीले आयोजना गरेको सांगीतिक कार्यक्रममा पनि दुबै गायकको जोडदार प्रस्तुती रहेको थियो । साताब्यापी सांगीतिक कार्यक्रम सम्पन्न गरि गायकद्व्य नेपाल फर्केका छन् ।

