आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै निर्बाचन आयोग
काठमाडौं।निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गराएका विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुको आयोगले आज प्रकाशित गर्न लागेको हो।दावी बिरोध र उजुरीका लागि सोमबारको समय दिएको आयोगले आज अपरान्हसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ।त्यसपछि नामावली प्रकाशनसंगै आजै निर्वाचन चिह्न पनि प्रदान गरिने आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न यसअघिकै हुनेछ भने स्वतन्त्र उम्मेदवारहरुलाई आयोगले चुनाव चिह्न रोज्न लगाउने छ ।

