प्रदेश तथा प्रतिनिधिसभा निर्बाचन : कतिले गरे प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता ?



काठमाडौं । प्रतिनिधसभा सदस्यका लागि आइतबार साँझसम्म २,४५२ उमेदवारी परेको छ । साँझ साढे ८ बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार २,२२३ र २२९ महिला गरी साढे २४ सय जनाको उमेदवारी परेको हो ।

आयोगकाअनुसार प्रदेशसभातर्फ ३,०३९ पुरुष, २८६ महिला र १ अन्य गरी ३,३२६ जनाको उमेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।

दर्ता भएका उमेदवाहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उमेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्