कमल थापा एमालेको सूर्य चिन्हबाट मकवानपुरमा चुनाब लड्ने



काठमाडौँ ।राप्रपा नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेको चुनाब चिन्ह सूर्यबाट चुनाब लड्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भएको भेटवार्तापछि एमालेको सहयोगमा सूर्य चिन्ह लिएर मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्न उनलाई बाटो खुलेको हो।

अध्यक्ष थापाले भोलि एमालेको समर्थनमा प्रतिनिधिसभाका लागि मकवानपुर–१ मा उम्मेदवारी दर्ता गर्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन् ।

यस अघि शुक्रबार बेलुकी एमालेले जिल्ला इन्चार्ज रामेश्वर रानालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । उक्त निर्णय सार्वजनिक भएसँगै राप्रपा नेपालका अध्यक्ष थापा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए । भेटपछि उक्त शुक्रबारको निर्णय परिवर्तन गर्दै एमालेले मकवानपुर १ मा थापालाई सघाउन तयार भएको हो ।

प्रतिक्रिया दिनुहोस्