लोसपाले गठबन्धनमा पायो ८ सिट



काठमाडौं।जनता समाजबादी पार्टी बाहिरिएसंगै सत्ता गठबन्धनको सम्पर्कमा पुगेको लोकतान्त्रिक समाजवादी पार्टीले ८ सिट पाउने भएको छ।

गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेससंग सहमति भएसंगै लोसपाले प्रतिनिधिसभामा ८ सिट पाउने भएको हो । यसैगरी,लोसपाले प्रदेशमा १६ सिट पाउने छ।सत्ता गठबन्धनमा अब कांग्रेस ९० सिटमा चुनाव लड्ने छ।

लोसपा नेता लक्ष्मणलाल कर्णले ८ प्रतिनिधिसभा र १६ सिट प्रदेशसभामा सहमति भएको जानकारी दिए ।

अब गठबन्धनमा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले २०, लोसपाले ८ र राष्ट्रिय जनमोर्चाले २ सिटमा आफ्ना उम्मेदवार उठाउने छन् ।

प्रतिक्रिया दिनुहोस्