केसी उम्मेदवार बनेपछि सोलु कांग्रेसभित्रै तीब्र असन्तुष्टि



सोलुखुम्बु। नेपाली कांग्रेस नेतृत्वको पांँचदलीय गठबन्धनबाट सोलुखुम्बुमा पूर्बमन्त्री बलबहादुर केसी निर्बाचन लड्ने भएका छन् ।

लामो रस्साकस्सीपछि अन्ततः कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका केसीले शनिबार दिउँसो गठबन्धनको तर्फबाट टिकट हात पार्न सफल भएका हुन।संघीय संसद प्रतिनिधिसभा सदस्यको टिकट केसीले हात पारेसंगै सोलुखुम्बुका दुई वटै प्रदेश निर्बाचन क्षेत्र भने नेकपा माओवादी केन्द्रको भागमा परेको छ।तर प्रदेश सभामा माओवादी केन्द्रको तर्फबाट को उम्मेदवार बन्ने भन्ने तय भइ सकेको छैन । यस बिषयमा छलफल भइ रहेको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक अशिम राईले बताए।

यसअघि शुक्रबार सोलुखुम्बु नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको बताईएको थियो।तर शनिबार एकाएक गठबन्धनको तर्फबाट केसीलाई टिकट दिइएपछि खास गरी सोलु नेपाली कांग्रेसभित्र व्यापक असन्तुष्टि बढेको छ।सोलु कांग्रेसले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि अर्का केन्द्रीय सदस्य आङ्गेलु शेर्पाको नाम सिफारिस गरेको थियो।

जिल्लाले समानुपातिकतर्फ सिफारिस गरिए पनि केसी र अर्का नेता प्रकाशसिं कार्की पनि प्रत्यक्षको दौडमा थिए।केसी उम्मेदवार तय भएसंगै कतिपय कांग्रेस कार्यकर्ताहरुले नै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्