समानुपातिकको बन्द सूचीबाट नाम फिर्ताका लागि दुई दर्जन बढीको निवेदन



काठमाडौं।निर्बाचन आयोगमा पेश गरिएको समानुपातिकको बन्दसूचीबाट २ दर्जन बढी उम्मेदवारले अफ्नो नाम फिर्ता लिने भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरुले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएको निर्बाचन आयोगले जनाएको छ।

यसरी निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन्।

यस्तै प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको बताईएको छ।

आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबार १२ बजेसम्मको समय तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्