रबिन्द्र मिश्र राप्रपामा प्रवेश गरेसंगै रित्तिदै बिवेकशील साझा
काठमाडौ।अध्यक्ष रबिन्द्र मिश्र राप्रपामा प्रवेश गरेसंगै पार्टीको अस्तित्व र बिचार सकिएको भन्दै वैकल्पिक शक्तिको रुपमा पाँच वर्षअघि गठन भएको विवेकशील साझा पार्टी रित्तिने क्रम बड्दै गएको छ।

यसक्रममा पार्टीका कानुन बिभाग प्रमुख रहेकी केन्द्रीय सदस्य निरुपमा यादव, सुदुरपस्चिम प्रदेश संयोजक दिनेश भण्डारी र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारी, सदस्य र जिल्ला संयोजकहरूले शनिबार छुट्टाछुट्टै राजीनामा दिएका छन् ।
लुम्बिनीका प्रदेश संयोजक अनुपमान सैजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रदेश तथा केन्द्रीय सदस्य हरिकृष्ण अधिकारी, महिला विभाग प्रमुख सरस्वती पन्थी भुषाललगायतले राजीनामा दिएका छन्।
पार्टीका पूर्व अध्यक्ष समेत रहेका मिश्रले राजीनामा दिएपछि र केन्द्रीय समितिको दुई तिहाइले पारित गरेको ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।‘पार्टीका सार्वभौम सदस्यहरूसँग सहकार्य नै नगरी काठमाडौंमा रहेका सिमित व्यक्तिहरूले एकलौटी रूपमा खारेज गरेको तथा रवीन्द्र मिश्र बिनाको वैकल्पिक राजनीति सफल नहुने यथार्थ कुरामा सिंगो लुम्बिनी प्रदेशका सम्पूर्ण सदस्यहरूको ठहर छ,’ ३१ सदस्यले बुझाएको राजीनामा पत्रमा उल्लेख छ।
यस्तै गण्डकीका प्रदेश संयोजक शुसिला केसी अधिकारी, केन्द्रीय सदस्यहरू अमृत पुडासैनी, अर्जुन खनाल र हरिप्रसाद गौतमले राजीनामा दिएका हुन्।

