उज्यालो सोलुखुम्बुका लागि झण्डै १अर्ब ६० कराेडको टेन्डर, सांसद राईको ऐतिहासिक सफलता



सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको विद्युतीकरणका लागि १अर्ब ५९ कराेड ७२ लाख बराबरको टेन्डर आव्हान भएको छ।

संघीय संसद प्रतिनिधिसभाका सांसद हेमकुमार राई ‘सुरबीर’को पहलमा जिल्लाको विद्युतीकरणका लागि बिनियोजित बजेट बराबरको टेण्डर बिहिवार आव्हान भएको हो।यो टेण्डर प्रक्रिया पुरा भएसंगै १८ महिनाभित्र राईको ‘उज्यालो सोलुखुम्बु अभियान’ ले पूर्णता पाउने उनको सचिवालयले दावी गरेको छ।

‘उज्यालो सोलुखुम्बु अभियान’ को घोषणा गरेर जिल्लामा २०७६ सालमा विद्युत वितरण केन्द्र उनकै पहलमा स्थापना भएको थियो।त्यसयता ग्रामीण विद्युतीकरण अन्तर्गत कराेेडाैंकाे काम सम्पन्न भएका छन् । साेलु करिडाेर आयाेजनामार्फत हालसम्म ४ हजार भन्दा बढी घरमा राष्ट्रिय प्रशारण लाई जडान भएकाे छ भने देउसा र खुम्बुमा ३३ के.भी. सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढेको सचिवालयको भनाई छ।

जिल्लालाई पुर्ण विद्युतीकरण कार्यक्रममा समावेश गरि इतिहासमै सबैभन्दा बढी बजेट बिनियोजन गर्न सफल भएको दावी गर्दै उनको सचिवालयले सांसद राइसहित पूर्व उर्जामन्त्री बर्षमान पुन, उर्जा मन्त्री पम्फा भुसाल,अर्थमन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई धन्यवाद समेत व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्