दशैंमा झण्डै बीस लाखले काठमाडौं उपत्यका छोड्ने अनुमान



काठमाडौं।नेपालीहरुको महान चाड बडादसैँ नजिकिएसँगै राजधानी छोड्नेहरुको संख्या ह्वात्तै बढेको छ।घटस्थापना यता उपत्यका छोड्नेहरुको संख्या दैनिक एक लाखको हाराहारीमा रहेको ट्राफिक प्रहरीले जनाएको छ।

घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन् । घटस्थापनाको दिन सोमबार र अर्को दिन मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए । बुधबार पनि एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ । चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको संख्या संकलन गरिन्छ ।

सामान्य अवस्थामा दैनिक १५–२० हजारले उपत्यका छाड्ने भए पनि दसैँको वेलामा भने उपत्यका बाहिरिनेको संख्या ह्वात्तै बढेको कार्यालयका एसएसपी प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार यो संख्या फूलपातीदेखि बढ्छ । फूलपातीको दिनदेखि नवमीको दिनसम्म दैनिक दुई लाखसम्मले काठमाडौं छाड्छन् । यसपटक दसैँको वेला झन्डै २० लाखले उपत्यका छाड्ने आकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्