एमाले सचिवालय बैठक आज बस्दै,यस्तो छ कार्यसूची



काठमाडौं।नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक अपराह्न ३ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्नेछ ।

बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेले बुधबार सचिवालय बैठक बोलाए पनि गृहकार्य नपुगेको भन्दै एक दिन पर धकेलेको थियो ।

४ मंसिरका लागि तय भएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा एमाले पनि उम्मेदवार टुंग्याउने चटारोमा छ ।

प्रतिक्रिया दिनुहोस्