राप्रपा अध्यक्ष लिङ्देनले भने,-‘प्रदेश खारेज गरौं’
महोत्तरी।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिस्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्युमा पारेको आरोप लगाएका छन् । ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठीभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ ।

शनिबार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।
वामपन्थी र कांग्रेस नेताका कारण नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बनेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीलाई विदेशी सँगको मित्रता स्वीकार्य छ । तर, हस्तक्षेप स्वीकार्य छैन ।’ राजालाई अर्बाैँ रुपैयाँ स्वीट्जरल्याण्डमा राखेको आरोप लगाउने नेताहरूले अहिले स्वीटजरल्याण्डमा ७० अरब रुपैयाँ राखेको समेत उनको दाबी छ ।file foto

