खरिखोला सामुदायिक अस्पताल ब्यबस्थापन समिति गठन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं-१ मा रहेको खरिखोला सामुदायिक अस्पताल ब्यबस्थापन समिति गठन गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको सामुदायिक अस्पताल ब्यबस्थापन कार्यविधि २०७९ को दफा (छ) बमोजिम गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पाको उपस्थितिमा गठित सो समिति आठ सदस्यीय रहेको सो अस्पतालले जनाएको छ।

ब्यबस्थापन समितिको अध्यक्षमा ल्हाक्पाछिरी शेर्पा, कार्यपालिका सदस्य (सामाजिक बिकास समिति संयोजक) र सदस्यहरुमा फुनुरू शेर्पा (वडाध्यक्ष, खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. १), पदम राना मगर, (प्रधानाध्यापक, खरिखोला मावि) रहेका छन्।

यसैगरी, शेरबहादुर मगर (प्रतिनिधि, एक्सन खरिखोला) ,ग्याल्जेन शेर्पा( स्थानिय बुद्धिजिवि), छोङमु दिकी शेर्पा(स्थानिय बुद्धिजिवि),अभिनास खड्का (मेडिकल अधिकृत, खरिखोला सामुदायिक अस्पताल) र सदस्य सचिव पासाङकाजि शेर्पा(प्रशासन प्रमुख, खरिखोला सामुदायिक अस्पताल) पनि ब्यबस्थापन समितिको सदस्य रहेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्