राष्ट्रपतिको कदमबिरुद्ध गठबन्धन आवद्ध दलका भातृ संगठनले आज पनि बिरोध प्रदर्शन गर्ने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिएका सत्ता गठबन्धनका युवा र विद्यार्थी संघसंगठनले आज माइतीघर मण्डलामा विरोध र्‍याली गर्ने गर्ने भएका छन्।

राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकाल्दै गठबन्धनमा आवद्ध दलका युवा र विद्यार्थी संगठनहरू बुधबारबाट विरोधमा उत्रिएका हुन् ।

सत्ता गठबन्धनसंवद्ध विद्यार्थी सगठनले पहिलो चरणमा आज सवै जिल्लामा संयुक्त बिरोध प्रदर्शन गर्ने, कार्टून प्रदर्शनी गर्ने र सडक बहस गर्दैछन् ।

संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ।(फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्