कपनमा भीषण आगलागी,तीन जनाको मृत्यु



काठमाडौं।कपनमा रहेको एक ट्रेकिङ कम्पनीमा आगलागी भएको छ।

आरोहणका क्रममा प्रयोग हुने अक्सिजन समेत स्टोर गरिएकाले आगलागीसँगैको विस्फोटमा मानवीय क्षति समेत भएको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ। मृतकको सनाखत भने भएको छैन।

घरको सबैभन्दा माथिल्लो तलामा रहेका ६ जना भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। ट्रेकिङ कम्पनीमा के कति व्यक्तिहरु थिए भन्ने अहिले पनि यकिन नभएको प्रहरीले जनाएको छ।

झन्डै दुई घण्टाको आगलागी नियन्त्रणका लागि काठमाडौँ भक्तपुर, ललितपुर र त्रिभुवन विमानस्थलको समेत दमकल प्रयोगमा ल्याइएको थियो।

सो ट्रेकिङ कम्पनी हिमाल आरोही निर्मल पूर्जाले सञ्चालन गर्दै आएका थिए।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्