निर्बाचन आयोगले तोक्यो निर्बाचन अधिकृत,असोज ११ बाट लागू हुने
काठमाडौं।आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको छ।

निर्बाचन आयोगले बुधबार निर्वाचनमा सम्पन्न गर्नुपर्ने काम गर्न/ गराउनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको जनाएको हो। विज्ञप्तिमा ७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको जनाईएको छ ।
यसैगरी न्याय सेवा आयोगको सिफारिसमा बाँकी ८८ निर्वाचन क्षेत्रमा नेपाल न्याय सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगले जनाएको छ ।
आयोगले असोज ११ गतेदेखि लागू हुने गरी उनीहरूलाई नियुक्त गरेको हो ।

