रीड नेपालको आयोजनामा भएको ५ दिने प्रारम्भिक बालविकास शिक्षक तालिम सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा सोलु दुधकुण्ड नगरपालिकाको समन्वयमा ५ दिने प्रारम्भिक बालविकास शिक्षक तालिम जनजागृति आधारभूत विद्यालय सल्लेरीमा आज समापन भएको छ ।रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा नगरपालिका उप प्रमुख गान्धिमाया तामाङको प्रमुख आतिथ्यतामा कात्यक्रम समापन भएको हो ।

प्रारम्भिक बाल विकास कक्षा अति नै महत्त्वपूर्ण रहेकोले तपाइहरु महत्त्वोपूर्ण भूमिकामा रहेको हुँदा ,५ दिनमा धेरै नै सीपहरु सिक्नु भएको छ उक्त सिपहरु कक्षाकोठामा बालबालिकामा पुर्याउन आग्रह गर्नु भयो साथै अहिलेको प्रविधीको जमानामा शिक्षक पनि प्रविधी मैत्री हुनु पर्ने र त्यस अनुसार आफैले पनि नेट इन्टरनेटबाट खोजेर सिक्न आग्रह गर्नु भयो त्यसको लागि शिक्षकमा इच्छा शक्ति हुनुपर्ने ! प्रारम्भिक बाल शिक्षकको समस्यालाई आफुले नजिक बाट बुझेको भन्दै आफ्नो तर्फबाट तपाईहरुको सेवा सुबिधाका लागि सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै अन्य विद्यालयका शिक्षकहरुका लागि पनि तालिम चलाउन पहल गर्ने बताउनु भयो ! यो वर्षबाट नगरपालिका बाट ५ हजार थप्ने निर्णय गरिसकेको बताउनु भयो !

तालिम समापनमा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले तपाईहरुको प्रतिबद्धता तथा सुरुको दिन लागेको परिक्षा र आज अन्तिम परिक्षाको नतिजा हेर्दा आफुलाई सन्तुष्टी मिलेको बताउदै सिकेका सीपहरु बालबालिकासम्म पुगेर कक्षाकोठामा त्यसको प्रभाव परेपछि मात्र तालिम सफल भएको मानिने बताउदै तालिमको प्रभाव अनुगमनमा रीड तथा नगरपालिकाबाट सयुक्त गरिने बताउनु भयो ! भोलिका कर्णधारको जिम्मेवारी तपाइको हातमा भएको भन्दै आफ्नो पेशा प्रति गौरव गर्न आग्रह गर्नु भयो ।

तालिम कार्यक्रममा सहभागीहरुको तर्फबाट बोल्दै सिहदेवी मा वि तिङ्लाका शिक्षक लक्ष्मी कार्की र सेकारसिंह आ वि का शिक्षक डील्ली कुमारी भुजेलले तालिम धेरै प्रभावकारी भएको राज्यले तालिम नदिरहेको बेला रीड नेपालले तालिम दिएर आफुलाई निकै खुसी लागेको भन्दै, अव पाठ्यक्रम अनुसारनै बालबालिकाहरुलाई सिकाउने र सिकेको सबै सीप कक्षामा प्रयोग गर्ने प्रतिबद्धता राख्नु भएको थियो ! साथै आफ्नो सेवा सुबिधा काम भएकोले आगामी दिनमा आफ्नो सेवासुविधा बारे पहल गरिदिन उपमेयर गान्धीमाया तामाङलाई आग्रह गर्नु भएको थियो ।

तालिममा प्रारम्भिक बाल विकासको अवधारणा तथा महत्त्व , बाल शिक्षकको भूमिका, प्रारम्भिक बाल विकासका मापदण्ड ,पाठ्यक्रम अध्ययन , कक्षाकोठा व्यवस्थापन, शैक्षिक सामग्री निर्माण, दैनिक कार्यतालिका निर्माण तथा प्रयोग मूल्यांकन , विद्यार्थी अभिलेख लगाएतका विषयवस्तुमा तालिम संचालन गरिएको रीड नेपालले जनाएको छ ।

तालिममा नगरपालिकाका १९ विद्यालयका १९ जना शिक्षकहरुको सहभागिता रहेको तालिमको सहजीकरण रीड नेपालका शिक्षा विकास केशवदेव गिरी तथा शिक्षा विकास अधिकृत सुजता राईले गर्नु भएको थियो ।रीड नेपालको सोलुखुम्बुका एक सय शिक्षकहरुलाई तालिम दिने योजना रहेको छ जसमा अहिले सम्म ७६ जना शिक्षकहरुले तालिम पाइसक्नु भएको छ !

प्रतिक्रिया दिनुहोस्