काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परे कारबाहीमा,७ लाख ५० हजार जरिवाना तिर्नुपर्ने



काठमाडौं।निर्वाचन आयोगले काठमाडौंं महानगरपालिकाका मेयर बालेन शाहलाई कारबाही गरेको छ। स्थानीय तहको खर्च बिवरण तोकेको समयमा नबुझाएका कारण शाहसहित भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, धरानका मेयर हर्क साम्पाङलगायत १ लाख २३ हजार ६ सय २४ जना उम्मेदवारलाई आयोगले कारबाही गरेको हो।

कारबाहीमा परेका शाह र दाहालले ७ लाख ५० हजार जरिवाना ६ महिनाभित्र तिर्नुपर्ने छ । वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार भई कानून बमोजिम बुझाउनु पर्ने निर्वाचन खर्चको विवरण नबुझाउनेलाई आयोगले कारबाही गरेको हो

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिन भित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्नेमा त्यसरी विवरण नबुझाउने आयोगका अनुसार १,१४,९५८ जना उम्मेदवारहरूले ३० दिनभित्र खर्च विवरण बुझाएका थिएनन् भने ८,६६६ जनाले तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाएका थिए । उनीहरुलाई स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो नदेखिएपछि कारबाहीको निर्णय भएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कसलाई कति जरिवाना ?

(क) महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ७,५०,०००।-(सात लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(ख) महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु ३,००,०००।-(तीन लाख) रुपैयाका दरले जरिवाना गर्ने,
(ग) उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ५,५०,०००।-(पाच लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(घ) उपमहानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. 2,50,000।-(दुइ लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(ङ) नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही
रु. ४,५०,०००।-(चार लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(च) नगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु. २,००,०००।-(दुई लाख) रुपैयाका दरले जरिवाना गर्ने,
(छ) गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही रु. ३,५०,०००।-(तीन लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने,
(ज) गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही रु १,५०,०००।-(एक लाख पचास हजार) रुपैयाका दरले जरिवाना गर्ने ।

प्रतिक्रिया दिनुहोस्