मंसिर ४ गते हुने निर्वाचनमा सबै भन्दा बढी मोरङ र कम मतदाता मनाङमा
काठमाडौं।निर्बाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको जनाएको छ।

शुक्रबार आयोगद्वारा जारी विज्ञप्तिमा जनाईए अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् ।२०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार कुल मतदातामध्ये सबैभन्दा बढी मोरङमा ७ लाख ३५ हजार ५ सय २५ मतदाता छन् ।त्यसपछि झापामा ६ लाख ६३ हजार ३ सय ११ र काठमाडौंमा ६ लाख ५२ हजार १ सय २६ मतदाता रहेका छन् ।
सबैभन्दा कम मतदाता भएको जिल्ला मनाङ रहेको छ । मनाङमा ६ हजार ७ सय ७९ जना रहेका छन् । त्यसपछि मुस्ताङमा १० हजार ९ सय ५७ मतदाता र डोल्पामा २२ हजार ७ सय ७४ मतदाता रहेको आयोगले जनाएको छ ।
मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८९१ मतदान स्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्रहरु रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको जनाएको छ ।

