खुम्बु पासाङल्हामु : १ नं वडामा ‘नौलेख’ टोल बिकास संस्था गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-१ मा पाखेपानी, छेउबास, पैंया र च्यादिङमा टोलहरु समेटेर ‘नौलेख’ टोल बिकास संस्था गठन गरिएको छ।

वडाध्यक्ष फुनुरू शेर्पाको अध्यक्षतामा मंगलबार सम्पन्न भेलाले साङ्गे शेर्पा (लामा) को अध्यक्षतामा ९ सदस्यीय संस्था गठन गरेको हो। भेलामा खुम्बु पासाङल्हामु गाउँ कार्यपालिका सदस्य एवं सुसाशन तथा संस्थागत बिकास समिति संयोजक ल्हाक्पा गेल्जेन शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, वडा नं-१ का वडा सदस्यहरू अनिल राई, लाक्पाफुटी शेर्पा, कमला विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।
टोल बिकास संस्थाको उपाध्यक्षमा नाराणकाजि श्रेष्ठ ,सचिवमा पर्शु राई,कोषाध्यक्षमा सुश्री मिङमा शेर्पा र सह-सचिवमा सन्तोष राई रहेको गाउँ पालिका प्रबक्ता शेर्पाले जानकारी दिए।
यसैगरी,संस्थामा ङिमा नुरू शेर्पा ,पन्चि माया मगर,चरी माया तामाङ र लाक्पा दिकी शेर्पा सदस्य छन्।वडाभित्र अन्य टोल बिकास संस्था पनि गठन गरिने वडाध्यक्ष शेर्पाले जानकारी दिए।
खुम्बु पासाङल्हामु गाउँ कार्यपालिकाको निर्णय अनुसार कतिपय वडाहरुले यसअघि नै टोल बिकास संस्था गठन गरिसकेका छन्।

