नेकपा एमाले महाकुलुङ-काठमाडौं सम्पर्क मञ्च गठन
काठमाडौं।सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाबाट राजधानी काठमाडौं आई बसोबास गर्ने नेकपा एमाले समर्थक नेता-कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ।

सोलुखुम्बु जिल्ला इन्चार्ज समेत रहेका एमाले केन्द्रीय सदस्य मानबीर राईको प्रमुख आतिथ्यमा बुधबार चाबहिलमा सम्पन्न भेलाले बसन्त कुलुङको अध्यक्षतामा २३ सदस्यीय महाकुलुङ-काठमाडौं सम्पर्क मञ्च गठन गरेको छ।समितिका उपाध्यक्षमा ठुले बहादुर राई (छिरी) र सुष्मिता कुलुङ,सचिबमा कबिन्द्र कुलुङ,उप-सचिबद्वयमा लाखधन कुलुङ र दिवस कुलुङ तथा कोषाध्यक्षमा मोहन कुलुङ रहेको जिल्ला कमिटी सदस्य भक्त राईले जानकारी दिए।
भेलामा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी र प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश सांसद उत्तमकुमार बस्नेत,नेकपा एमाले १ नं प्रदेश कमिटी सचिवालय सदस्य महेश किराँती,जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्कबहादुर राई,सचिब आशकुमार राई’शिशिर’ र जिल्ला कमिटी सदस्यद्वय भक्त राई र आङबाबु राई तथा सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष नन्दराज बास्तोला लगायतका नेताहरुको उपस्थिति थियो।
सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चकि उपसचिव सृष्टि कुलुङको अध्यक्षतामा सम्पन्न सो भेलाका बक्ताहरुले आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनमा सिफारिसमा परेका जो सुकैले उम्मेदवारी पाए पनि जिल्लामा एमालेलाई जिताउन उत्साहपूर्बक लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।भेलामा उपस्थित महाकुलुङबासीले प्रदेश १ को समानुपातिक उम्मेदवारका रुपमा सिफारिस भएका नरेन्द्र कुलुङलाई बन्दसूचीमा पार्न पहल गर्न उपस्थित नेतृत्व समक्ष आग्रह गरेका थिए।

