नेपाल-भारत सीमा विवाद बार्ताका माध्यमबाट टुंग्याउने सहमति



काठमाडौं।नेपाल र भारतबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गरिने सहमति भएको छ। नेपाल र भारतका सचिवबीच भएको द्विपक्षीय वार्ताका क्रममा उक्त सहमति भएको हो।

सीमाको विषयलाई द्विपक्षीय स‌ंयन्त्रमार्फत आगामी चरणको बैठकबाट समाधान गरिने विषयमा पनि छलफल भएको भारतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।परराष्ट्र सचिव भरतराज पौड्याल र उनका भारतीय समकक्षी विनयमोहन क्वात्राबीच नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता तथा छलफल भएको हो।

व्यापार सन्धिलाई नवीकरण गर्न आवश्यक प्रक्रिया अघि बढाउने विषयमा समेत उनीहरूबीच छलफल भएको बताइएको छ। आगामी असोज ५ देखि ७ गतेसम्म काठमाडौमा नेपाल-भारत वाणिज्य सचिवस्तरीय बैठक बस्दै छ।

प्रतिक्रिया दिनुहोस्