आत्मरक्षा सम्बन्धी ज्ञान सीप सबैलाई आवश्यक : उपमेयर डंगोल



डिल्ली शर्मा,काठमाडौं।काठमाडौं महानरपालिकाका उपप्रमुख सुनिता डंगोलले आत्मरक्षा सम्बन्धि ज्ञान सिप सबैलाई आवश्यक रहेको बताउनुभएको छ । मंगलबार “महिला हिंसा विरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार” को उद्घाटन सत्रमा प्रमुख अतिथीको आसनबाट बोल्नुहुदै वहाँले आत्मविश्वास र आत्मरक्षा सम्बन्धि ज्ञान फरक बिषय भएपनि यी दुवैको संयोजनले आफ्नो सुरक्षा गर्न सकिने औल्याउनुभयो ।

दशरथ रंगशालामा आयोजित उद्घाटन कार्यक्रममा वहाँले नेपाल मार्शल सेल्फ डिफेन्स संघले यसरी अन्र्तराष्ट्रिय स्तरको सम्मेलनको आयोजना गर्दै आत्मरक्षा सम्बन्धि बिभिन्न प्रशिक्षण तथा ज्ञान प्रदान गर्दै आएकोमा खुशी ब्यक्त गर्नुभयो । “महिला हिंसा विरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार” गत भाद्र २५ गतेबाट नै शुरु भएपनि मंगलबार औपचारिक उद्घाटन भएको हो ।

बिभिन्न जिल्ला, बिद्यालय, संघसंस्था, क्लव लगायतबाट गरी २ सय भन्दा बढीका सहभागिता रहेको उद्घाटन सत्रमा अध्यक्ष डिवि रानापालले संघले नेपालका कुनाकन्दरामा रहेका महिला दिदीबहिनीहरुको आत्मबललाई सुदृढ बनाउने उद्धेश्यले हालसम्म बिभिन्न सचेतनामूलक कार्यक्रम सहित आत्मरक्षा सम्बन्धि तामिल संचालन गर्दै आएको उल्लेख गर्नुभयो ।

उद्घाटनसत्र पश्चात अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्याण्डका स्टानिस्ल म्याजर्याक, अन्र्तराष्ट्रिय कम्ब्याट मार्शल आर्टस् सोसाईटीका संस्थापक भारतका जगदिश सिंह खत्रीले सेल्फ डिफेन्स सम्बन्धि बिभिन्न कलाको प्रद्र्धशन गर्दै प्रशिक्षण कार्यक्रम समेत संचालन गरेका छन् । आज समापन हुने कार्यक्रममा हिमालयन हल अफ फेम कार्यक्रम अन्तर्गत बिभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्