नेकपा संयुक्त जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर निर्बाचनमा जाने



काठमाडौं।चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तले हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर आगामी निर्बाचनमा सहभागी हुने भएको छ।

नेकपा संयुक्तको चुनाव चिन्ह सम्बन्धी विवाद गत ३ वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेका कारण सो पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनता प्रगतिशील पार्टीको चुनाव चिन्ह लिएर उम्मेदवारी दिने भएको हो।यी दुईवटा पार्टीले निर्बाचनमा तालमेल गर्ने सहमति भएसंगै नेकपा संयुक्तले जनता प्रगतिशील पार्टीको चुनाव चिह्न लिने तय भएको समझदारीपत्रमा उल्लेख गरिएको छ।

जनता प्रगतिशील पार्टीको निर्वाचन चिन्ह लिएर प्रदेशसभा सदस्य वा प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष वा समानुपातिक उम्मेदवारी दिएर नेकपा संयुक्तका उम्मेदवार विजयी भएमा दुबै दलबाट कुन हवीप नलाग्ने समझदारी पनि भएको छ ।

जनता प्रगतिशील पार्टीले दुवै दलको तर्फबाट उम्मेदवारहरूको औपचारिक मनोनयन पत्र प्रदान गर्ने र दुवै पार्टीको आपसी समझदारीमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची तयार गर्ने समझदारी पनि भएको छ । सहमतिपत्रमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी र नेकपा संयुक्तका चन्द्रदेव जोशीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्