पाँच दलका शीर्ष नेताको बैठक आज पनि बस्दै
काठमाडौं । सत्ता साझेदार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजेदेखि सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठक बस्न लागेको बताइएको छ ।

आगामी निर्वाचनमा गठबन्धनलाई कायम राख्दै चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको पाँच दलको सिट बाँडफाँट गर्न एक महिनादेखिको कसरत सफल हुन सकेको छैन् । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।
तर प्रतिनिधि सभा र प्रदेश सभाका सबै सिटबारे कार्यदलले उपयुक्त निर्णय गर्न नसकेपछि टुंग्याउने जिम्मेवारी पाँच वटै दलका शीर्ष नेता कहाँ आइपुगेको छ ।
पाँच दलका शीर्ष नेताको बैठक आइतबार समेत बसेको थियो ।

