खुम्बु पासाङल्हामुको वडा नं-२ का विभिन्न टोलमा टोल बिकास संस्था गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बुपासाङल्हामु गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष आङ फुर्वा शेर्पाको अगुवाईमा विभिन्न टोल बिकास संस्था गठन गरिएको छ।

वडाध्यक्ष शेर्पाको अध्यक्षतामा सम्पन्न विभिन्न टोल भेलाले हालै ‘ग्रिन तारा’ ‘त्रिवेणी’ ‘लुक्ला शेर्पा’ ‘लुक्ला गुम्बा’ ‘लुक्ला माने”दुधकोशी’टोल बिकास संस्था गठन गरिएको गाउँपालिकाका प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार, वडा नम्बर २ को बुवा (सुर्के), रातमाटे र नासागरा टोलहरुलाई समेटी “ग्रिन तारा” टोल बिकास संस्था गठन गरिएको हो।गाउँ कार्यपालिका सदस्य एवं सुसाशन तथा संस्थागत बिकास समिति संयोजक ल्हाक्पा गेल्जेन शेर्पा, प्रवक्ता शेर्पा, वडा नं. २ का वडासदस्य टंक बहादुर राई लगायतको उपस्थितिमा गठित संस्थाको अध्यक्षमा ङवाङ जिम्बा लामा,उपाध्यक्षमा पासाङ दावा शेर्पा,सचिवमा आङ छिरीङ शेर्पा,कोषाध्यक्षमा श्रीमती अनिता शेर्पा (राई) र सह सचिवमा पासाङ गेल्जेन शेर्पा रहेका छन् ।
यसैगरी, च्योङमा, बोम, नाबुक, च्याङडोल र हाँडिखोला टोलहरुलाई समेटेर गठन गरिएको ‘त्रिवेणी’ टोल बिकास संस्थाको अध्यक्षमा ङिमा नुरू शेर्पा,उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा श्रीमती फुल माया तामाङ,कोषाध्यक्षमा श्रीमती छिरीङ ङिमा शेर्पा र सह सचिवमा लक्ष्मण तामाङ छन्। नम्बर २ को लुक्ला भित्र रहेको विभिन्न टोलहरुलाई समेटी ‘लुक्ला शेर्पा’ ‘लुक्ला गुम्बा’ र ‘लुक्ला माने’टोल बिकास संस्था गठन भएको छ । एयरपोर्ट टोल, बजार टोल र शेर्पा टोल समेटिएको ‘लुक्ला शेर्पा’ टोल बिकास संस्थाकोअध्यक्षमा सोनाम दोर्जि शेर्पा,उपाध्यक्षमा श्रीमती लाक्पा कर्मा शेर्पा,सचिवमा श्रीमती छिरीङ डोमा शेर्पा,कोषाध्यक्षमा ङिमा दोर्जि शेर्पा र सह सचिवमा राजु पुरी छन् भने गुम्बा टोल र राई टोल समेटिएको लुक्ला गुम्बा टोल बिकास संस्थाको अध्यक्षमा पेम्बा नुरू शेर्पा,उपाध्यक्षमा श्रीमती टिका माया तामाङ ,सचिवमा श्रीमती ङिमा याङजी शेर्पा र कोषाध्यक्ष लाक्पा तामाङ र सह सचिवमा श्रीमती आशा राईलाई चयन गरिएको शेर्पाले बताए।
त्यसैगरी,तामाङ टोल, मगर टोल र माने टोल समेटिएको लुक्ला माने टोल बिकास संस्थामा अध्यक्ष श्रीमती पासाङ ल्हामु शेर्पा,उपाध्यक्ष तील बहादुर मगर,सचिवमा अमृत मगर,कोषाध्यक्षमा श्रीमती संगीता मगर तामाङ र सह सचिव समिर तामाङ छन् ।उता, नाङबुक (मुसे), नाज्युङ (नाक्चुङ) र बोकुमदिङमा टोलहरुलाई समेटी गठन गरिएको ‘दुधकोशी’ टोल बिकास संस्थाको अध्यक्षमा दावाजाङबु शेर्पा,उपाध्यक्षमा लाक्पा रिन्जी शेर्पा,सचिवमा फु छोत्तर शेर्पा
कोषाध्यक्षमा श्रीमती ल्हेमी शेर्पा र सह सचिवमाश्रीमती मिङफुटी शेर्पा रहेका छन् ।

