ठमिछ्होवा युवा समुहको चौथो महाधिवेशन तथा १४ औं बार्षिक साधारणसभा सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित ठमिछ्होवा युवा समुहको चौथो महाधिवेशन तथा १४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ।

वडा नं-५ का वडा अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाको प्रमुख अतिथ्य तथा खुम्बु पासाङल्हामु गाउँ कार्यपालिका सदस्य आङ माया शेर्पा म.क्षे.उ समितिका अध्यक्ष छिरिङ पेन्जो शेर्पा र खुन्दे अस्पतालका प्रमुख तथा समाजसेवी डा.कामी तेम्बा शेर्पाको बिशिस्ट आतिथ्यमा शनिबार सम्पन्न चौथो महाधिवेशनबाट फुराकामी शेर्पाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ।

सो समूहको उपाध्यक्षमा पासाङ शेर्पा (ठमो)महासचिवमा दावा जाङ्बु शेर्पा(चाङेक्पा),सचिवमा पासाङ फुटि शेर्पा(ठेसो),कोषाध्यक्षमा मिङमा नुरु शेर्पा(थामे) रहेका छन्।
यसैगरी,सदस्यहरुमा जाङ्बु शेर्पा (थाङ्मुते), मिङमा नुरु शेर्पा(थाङ्मुते)किरण बाँनिया (साम्सिङ),आङ फुर्बा शेर्पा(ठमो)
ङिमा नुरु शेर्पा(फुर्ते),छिरिङ साम्डुक शेर्पा(सम्दे),ल्हाक्पा तेन्जिङ शेर्पा (थामे),कर्मा ग्याल्जेन शेर्पा(ठमो) रहेको निवर्तमान अध्यक्ष पासाङ दिकि शेर्पाले बताइन ।

प्रतिक्रिया दिनुहोस्